भ्यालेन्टाइन डे : प्रेम के हो ? यस्ताे छ भ्यालेन्टाइन सप्ताहकाे महत्व

भ्यालेन्टाइन डे : प्रेम के हो ? यस्ताे छ भ्यालेन्टाइन सप्ताहकाे महत्व


फेब्रुअरी, प्रेमिल महिना हो । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रूपमा मनाइने यो महिना प्रेम गर्नेहरुको कुम्भ महिना हो । आफूले मन पराएको वा चाहेको मानिसलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन हो भ्यालेन्टाइन डे । यस दिन प्रेमी–प्रेमीकाहरुको प्रेम साटासाट गर्ने अवसर पनि हो ।

यस्ताे छ भ्यालेन्टाइन डे को इतिहास

भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोम शहरबाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर सुरु भएको यस भ्यालेन्टाइन डेको इतिहास भ्यालेन्टाइन भन्ने सन्तको बलिदानसँग सम्बन्धित छ । रोमनको सम्राटले युवा प्रेम र बिबाहमा लागेर सैनिक सेवा प्रभावित हुन्छ भनेर प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइनले उनको आदेशलाई उल्लंघन गरेका थिए ।

सम्राटको आदेशको विपरीत लुकिछिपी उनले विबाह गराइदिन थाले । यो कुरा विस्तारै सम्राटको कानमा पनि पुग्यो । त्यसपश्चात भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । उनलाई मृत्युदण्डको आदेश दिइयो ।

मृत्युदण्डको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलकी दृष्टिविहिन छोरीको नाममा प्रेमपत्र लेखे । पत्रको अन्त्यमा उनले लेखे ‘फ्रम योर भ्यालेनटाइन’ यससँगै उनले फूल उपहार पनि पठाए । भ्यालेन्टाइनले आफू मर्नु अघि जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईको दृष्टिविहिन छोरीलाई दिनु ।’ रोमको राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरे ।

प्रेम के हो ?

प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फूलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।

जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । आकर्षण कम या समाप्त भएमा प्रेम लुप्त हुन्छ । जुन प्रेम सुख, सुविधाबाट प्राप्त हुन्छ, घनिष्ठता त हुन्छ तर, स्थायी उत्साह, आनन्द र खुशी भने मिल्दैन । प्रेम अनन्त हुन्छ । तपाई प्रेमको जति नजिक जानुहुन्छ, त्यति नै आकर्षण लाग्छ । प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सिमा छैन् । प्रेमको कुरा हर कोहीले गर्छन् तर यसलाई बुझ्ने विरलै भेटिन्छन् ।

भ्यालेन्टाइन सप्ताहमा कुन दिनकाे महत्व कस्ताे ?

पहिला एक दिनमात्र अर्थात फेब्रुअरी १४ मा भ्यालेन्टइन डे मनाइन्थ्यो । अहिले साताव्यापी रुपमा मनाइन्छ । यसको सुरुवात रोज डेबाट हुन्छ । सुरुवातमा गुलाब दिने, त्यसपछि प्रपोज गर्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि अंकमाल गर्ने र आखिरमा भ्यालेन्टाइन डे मनाउने ।  

७ फेब्रुअरी (रोज डे):– भ्यालेन्टाइन डेको सुरुवात रोज डेबाट हुन्छ । यो दिन रोज डेको रुपमा मनाइन्छ । आफ्नो भावनाको व्यक्त गर्नको लागि फरक फरक रंगको गुलाबको प्रयोग गर्न सकिन्छ । प्रेमको लागि रातो र साथीको लागि पँहेलो गुलाब रोज्नुहोस् । आफूलाई मनपर्ने मानिसलाई रातो रंगको गुलाब दिएर प्रेम प्रस्तावको रुपमा प्रदान गर्न सकिन्छ । फूल स्वीकार भएमा प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ ।

८ फेब्रुअरी (प्रपोज डे):– यो दिन प्रेमी–प्रेमीकाहरु आफूलाई मनपर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्न सकिन्छ । यदि कसैलाई मन पराउन हुन्छ भने यो दिन तपाईंको लागि उपयुक्त हुन सक्छ । तपाईंलाई मन परेको व्यक्तिलाई मनको कुरा भनिहाल्नुहोस् । किनभने यो दिन तपाईंको हो ।

९ फेब्रुअरी (चकलेट डे):– यो दिन चकलेट डेको रुपमा मनाइन्छ । गुलाबको फूल दिएर प्रपोज गरिसकेपछि तपाईंको प्रेमसम्बन्धलाई प्रगाढ बनाउनको लागि चकलेटबाट सुरुवात गर्नुहोस् । यस दिन तपाई आफ्नो पे्रमी–प्रेमीकाको लागि चकलेट दिएर आफ्नो सम्बन्धमा चकलेट जस्तै मिठास भर्न सक्नुहुनेछ । मिठाससँगै तपाईको सम्बन्धलाई अघि बनाउन सक्नु हुनेछ । चकलेटको स्वाद जस्तै तपाईंको प्रेमलाई पनि मिठासको आवश्यकता हुन्छ ।

१० फेब्रुअरी (टेडी डे):– यस दिन सफ्ट र सुन्दर टेडी बियर दिएर आफ्नो प्रेम अझ गहिरो र मजबुत बनाउन सक्नु हुनेछ । चकलेटबाट अघि बढेर तपाईंको सम्बन्ध टेडीसम्म आइपुग्छ । यो दिनमा तपाईंले आफ्नो मन र मायाको अवस्था अनुसार आफ्नो नजिकको मानिसलाई टेडी उपहार स्वरुप दिन सक्नुहुनेछ । टेडी गिफ्ट गरेर तपाईको प्रेमी–प्रेमीकालाइै महसुस गराउनुहोस् ऊ प्रति तपाईको भावना पनि यस्तै सुन्दर छ ।

११ फेब्रुअरी (प्रमिस डे):– प्रमिस डे अर्थात वाचा गर्ने दिन । यो दिन धेरै खास हुन्छ । प्रेमील जोडीहरुको लागि यो दिनले धेरै महत्व राख्छ । यस दिन मन परेको व्यक्तिसँग वा आफ्नो प्रेमी–प्रेमिकासँग प्रेम सम्बन्ध निभाउने वचन गर्नुहोस् । आफ्नो प्रेमसम्बन्ध मजबुत बनाउनको लागि एक अर्कासँग प्रमिस गर्नुहोस । एक अर्कासँग प्रेमसम्बन्ध इमान्दारिताको साथ निभाउने संकल्प गर्नुहोस् ।

१२ फेब्रुअरी (हग डे):– यस दिन आफ्नो प्रेमी प्रेमीकाको लागि प्रेमले भरिएको हग गरेर आफ्नो प्रेमी–प्रेमीकालाई बिशेष महसुस गराउनुहोस् । यस दिन प्रेम प्रगाढ बनाउने अवसर हुन सक्छ । यो दिन एक प्रेम र आत्मियता महसुस गराउने दिन हो । त्यसैले आफ्नो प्रेमी–प्रेमिकासँग आत्मियताको साथ ‘टाइट हग’ गर्नुहोस् ।

१३ फेब्रुअरी (किस डे):– यस दिन प्रेमी प्रेमिका चुम्वन (किस) को माध्यमबाट आफ्नो प्रेम दर्शाउनुहोस् ।

१४ फेब्रुअरी (भ्यालेनटाइन डे):– भ्यालेन्टाइन डे । यो दिन प्रेम गर्नेहरुको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । यस दिन आफ्नो प्रेमी–प्रेमीकासँग सारा दिन विताउन सक्नुहुनेछ । आफ्नो प्रेमी–प्रेमीकालाई गिफ्ट दिन सक्नुहुनेछ । यो दिन मनपर्ने ठाउँमा जान सक्नुहुनेछ । एक अर्कासँग रोमान्टिक समय वितउन सक्नु हुनेछ ।  

Logo