बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?


साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज सामान्यरुपमा   बढेको छ । दुई दिन घटेको सुनको मूल्य आज भने बढेको हो ।  

आज सुन २ सयले बढेको छ । सुन आइतबार १ सयले घटेको थियो भने सोमबार पनि १ सयले घटेको थियो ।

गत हप्ता आइतबार सुन ६ सयले बढेको थियो भने सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार १५ सय रुपैंयाँले बढेको थियो । बुधबार स्थिर रहेको थियो भने विहिबार ४ सयले घटेको थियो । शुक्रबार ६ सयले घटेको थियो ।

सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ९ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९० हजार ४ सय रहेको छ । यता चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ। चाँदी आज १ हजार ३६० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo