राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाले आज वसन्त पञ्चमीको अवसरमा हनुमानढोका पुगी वसन्त श्रवण गरेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको शुभ साइत अनुसार बिहान १० बजेर १७ मिनेटमा उनीहरुले हनुमानढोकास्थित नासलचोक पुगेर मुल पूजारीबाट वसन्त श्रवण गरेका हुन् ।







वसन्त श्रवणमा राजतन्त्रको समयमा राजा जाने गरेका भएपनि गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति उपस्थिति भएर वसन्त श्रवण गर्ने प्रचलन रहि आएको छ ।
तस्वीरहरु : प्रधानमन्त्रीको निजी सचिवालय
प्रकाशित: ४ फागुन २०७७ १४:१४ मंगलबार