भागरथी बलात्कार र हत्या प्रकरणः एक शंकास्पद व्यक्ति पक्राउ

भागरथी बलात्कार र हत्या प्रकरणः एक शंकास्पद व्यक्ति पक्राउ


बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले ती शंकास्पद व्यक्तिलाई शानिबार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको स्रोतले जनाएको छ । यद्यपि अनुसन्धानलाई असर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी चुहाएको छैन ।

भागरथीको हत्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ । भागरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि सोही बाटो हुँदै गएको स्रोतले जनाएको छ ।

घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै छन् । भारत भाग्न लागेको आशंकामा उनलाई पक्राउ गरिएको थियो ।

अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टी गर्ने केही आधार पनि आफूहरुसँग भएको उनले बताए । शंकास्पदको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको उनले जानकारी दिए ।

यद्यपि घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

Logo