बालुवाको ढिस्कोले पुरिएर २ महिलाकाे मृत्यु

बालुवाको ढिस्कोले पुरिएर २ महिलाकाे मृत्यु


पाल्पाको देवीनगरमा बालुवाको ढिस्कोले पुरेर दुई जनाको ज्यान गएको छ ।

पूर्वखोला गाउँपालिका–४, देवीनगर बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको आज ढिस्कोले पुरेर मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

बालुवा खानीमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पचभैयाले जानकारी दिए । 

पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । 

गाउँमा घर बन्दै गरेको र समूह मिलेर बालुवा खन्न गएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी पचभैयाले बताए ।
 

Skip This
Logo