‘बारपाक घटनाको निष्पक्ष छानबिन होस्’ : बाबुराम भट्टराई 

‘बारपाक घटनाको निष्पक्ष छानबिन होस्’ : बाबुराम भट्टराई 


पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बारपाक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनले आज सामाजिक संजाल ट्वीटरमा ट्वीटमार्फत उक्त घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । 

उनले लेखेमा छन् , 'ज्यादै दुःखद घटना ऐतिहासिक बारपाक, सुलीकोटको । घटनाको निष्पक्ष र तथ्यगत छानबिन होस् । सहर मात्र हैन गाउँघर कुनाकाप्चाका घटनाप्रति पनि उत्तिकै संवेदनशील बनौं । हार्दिक श्रद्धान्जली/समवेदना !'

बारापाक सुलिकोट गाउँपालिका–१ मा गए राति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला आइतबार मृतावस्थामा भेटिएका थिए । मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ रहेका छन् ।

Logo