नेपालमा आज १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना निको भए

नेपालमा आज १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना निको भए


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको छ । आज १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ६१ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ४३ हजार ३१५ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ६८१ जनाको परीक्षण गरिएको छ । काठमाडौं उपत्यकामा आज ५२ जना नयाँ संक्रमित थपिएका छन् । 

Logo