चितुवाको छालासहित ३ जना पक्राउ

चितुवाको छालासहित ३ जना पक्राउ


राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका-३ चौरपानी बस्ने ३१ वर्षीय जीतबहादुर डिसी, सल्यान कुमाख गाउँपालिका-७ बस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका-३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली छन् ।

चितुवाको छाला ओसारपसार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जीतबहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदबिक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
 

Logo