वृद्धाकाे सुनकाे गहना लुटपाट

वृद्धाकाे सुनकाे गहना लुटपाट


म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवकलाई प्रहरीले आज लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।

भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलो ८५० ग्राम गाँजासहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा र पुनलाई नियन्त्रणमा लिएको हो । बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । आज रनैबेनीस्थित जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएका पुनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाउने राईले बताए ।

यसैगरी सदरमुकाम बेनी बजारमा आज एक वृद्धा लुटिइकी छन् । बेनी नगरपालिका–४ डाडाखेतकी ७६ वर्षीया पुतली किसानले कानमा लगाएको गहना लुटिएको हो । दुई जना युवाले नेपाल विद्युत् प्राधिकरणको कार्यालय मुनी लगेर कानमा लगाएको आधा तोला सुनको रिङ लुटेर भागेका पीडित किसानले बताइन् । गहना लुटिएपछि किसान बिलौना गर्दै विद्युत् प्राधिकरणको कार्यालयमा पुगेकी थिइन्  

Logo