खैरो हिरोइनसहित चार जना पक्राउ

खैरो हिरोइनसहित चार जना पक्राउ


प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित कञ्चनपुरका दुई ठाउँँबाट प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । बेदकोट नगरपालिका १० का ३० वर्षीय महेश विष्ट र सोही ठाउँ बस्ने वर्ष २३ को पुष्पमणी थापालाई भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रबाट, शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट वर्ष २९ को बिक्रम ठकुल्ला र सोही ठाउँ बस्ने वर्ष २९ को दीपेन्द्र सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार बेदकोट नगरपालिकाबाट पक्राउ परेकाहरूको साथबाट दुई ग्राम ४८० मिलीग्राम खैरो हिरोइन, एक ग्राम १५० मिलिग्राम चरेस बरामद गरिएको र शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट पक्राउ परेकाबाट ४५ प्याकेट (तीन ग्राम तीन मिलिग्राम) खुल्ला चार ग्राम ८० मिलिग्राम सहित जम्मा आठ ग्राम १० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । 

शुक्लाफाँटा नगरपालिकाबाट पक्राउ पर्नेबाट नगद रकम ५४ हजार १७० समेत बरामद गरिएको छ । लागूऔषध ओसारपसार गर्ने कार्यमा प्रयोग गरिएको भारतीय नम्बरको होण्डाई एक्ससेन्ट युके ०६ एके ३४३५ नम्बरको कार बरामद गरिएको छ । 

Logo