जागरुक युवा समाज नेपालद्वारा आविष्कार केन्द्रलाई एक लाख सहयोग प्रदान

जागरुक युवा समाज नेपालद्वारा आविष्कार केन्द्रलाई एक लाख सहयोग प्रदान


जागरुक युवा समाज नेपालद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख सहयोग प्रदान गरिएको छ । 

शुक्रबार कतारमा रहेका नेपालीहरुद्वारा संकलित रकम केन्द्रका अध्यक्ष महावीर पुनलाई हस्तान्तरण गरिएको हो । 

रकम हस्तान्तरण कार्यक्रममा जागरुक युवा समाजका सदस्यहरुको उपस्थिती रहेको थियो । सहयोग रकम हस्तान्तरण समितिमा संयोजक दिपक ढकाल रहेका छन् । सदस्यहरुमा संजिवकुमार रंजितकार, विनोद सुवेदी, देवलाल श्रेष्ठ, महेश्वर नेपाल, आशिष उपाध्याय, चेतन प्रसाईं र प्रदिप गिरी लगायत छन् । 

आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने संस्थाले जनाएको छ । केन्द्रलाई गरिएको सहयोगप्रति महावीर पुनले सबैलाई धन्यवाद दिएका छन् ।

Logo