लुम्बिनीमा स्थापना हुँदै ‘युनिभर्सल पीस सेन्चुरी’

लुम्बिनीमा स्थापना हुँदै ‘युनिभर्सल पीस सेन्चुरी’


शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनी आफैंमा चिरपरिचित नाम हो । विश्वका विभिन्न मुलुकबाट शान्तिको कामना गर्न आउनेहरुलाई गौतमबुद्धको बारेमा जानकारी दिन र प्रचारप्रसार बढाउने उद्देश्यका साथ 'युनिभर्सल पीस सेन्चुरी' को स्थापना हुन लागेको छ । 

बौद्ध धर्मका प्रणेता भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी विश्वकै लागि आकर्षक केन्द्र हो । ऐतिहासिक महत्व बोकेको लुम्बिनी विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ । बर्षेनी लाखौं भक्तजन आउने लुम्बिनीमा भगवान गौतम बुद्धको बारेमा ध्यान तथा तपस्या गर्ने केन्द्रको अभाव हुने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै युनिभर्सल पीस सेन्चुरीको स्थापना गर्न लागिएको छ । १५ सयभन्दा बढीले एकैपटक हप्तौं ध्यान तथा तपस्या गर्न सक्ने गरी पीस सेन्चुरी तीन बर्षभित्रमा निर्माण सक्ने र यसले लुम्बिनीको महत्व अझै बढाउने विश्वास गरिएको छ ।

युनिभर्सल पीस सेन्जुरी निर्माणको लागि बढीभन्दा बढी मानिसको सहभागिता होस भन्ने उद्देश्यका साथ एक रुपैयाँ सहयोग वा दान गर्न सकिनेछ । पीस सेन्चुरी निर्माणको लागि स्वदेश तथा विदेशबाट लाखौं मानिसले एक रुपैयाँ सहयोग गरी सहभागिता जनाएको भन्दै शान्ति कायम गराउन करौडौं मानिसले साथ दिने विश्वास गरिएको छ ।

पीस सेन्चुरीका लागि जग बनाउने काम सम्पन्न भइसकेको छ । यसको लागि समाजमा पैसा वा पद मात्रै भन्दा केही दान वा सहयोग गरौं भन्ने भावना विकास हुने भन्दै सकेको सहयोग गर्ने उद्देश्यले लुम्बिनिमा आएको उद्योगीहरुले बताएका छन् । 

युनिभर्सल पीस सेन्चुरी विश्वकै बौद्ध धर्मालम्बीको लागि ध्यान र तपस्यासहित खोजकेन्द्र बनाउने लामा गुरुहरु बताउँछन् ।  यसलार्इ महासिद्ध सेन्चुरी समेत नामाकरण गरिएको छ । यहाँ बुद्धका सयौं पुस्तकदेखि अहिलेसम्म प्रकाशित बुद्धसँग सम्बन्धित सबै पुस्तक सहितको लाइब्रेरी, ध्यान केन्द्र, खोजी केन्द्रदेखि सेमिनार हल सहितको अत्याधुनिक केन्द्र बनाउने तयारी छ ।

Logo