रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक पक्राउ

रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक पक्राउ


उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ललाई मङ्गलबार सात दिनको म्याद थप गरेको छ ।

आफूमाथि हातपात र दुर्व्यवहार भएको भन्दै उद्योगमै कार्यरत एक महिला कर्मचारीले प्रहरीमा उजुरी दिएपछि मल्ललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी अभद्र व्यवहारअन्तर्गत सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

महिला कर्मचारीमाथि महाप्रबन्धक मल्लले दुर्व्यवहार गरेको आरोपमा त्यहाँ कार्यरत कर्मचारी र स्थानीय बासिन्दाले हेटौँडाको चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन् । पक्राउ परेका मल्ललाई कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

Logo