तस्कर र प्रहरीबीच गोली चल्दा एकजनाकाे ज्यान गयो

तस्कर र प्रहरीबीच गोली चल्दा एकजनाकाे ज्यान गयो


कञ्चनपुर ।  बेलौरी नगरपालिका–७ मा भारतीय लागूऔषध तस्कर समूह र प्रहरीबीच गोली चल्दा एक जना मरेकाे छ । लागूऔषधसहित  नेपाल प्रवेश गर्ने क्रममा तस्कर र प्रहरीबीच टेडुवा सिमानामा गोली हानाहान भएको हो ।

आज साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि तस्कर समूहले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कारबाही गर्दा एक जना तस्करकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतकाे पिलिभित थाना हजारा गुदान ४ बस्ने २६ वर्षीय गोबिन्दा सिंहकाे मृत्यु भएकाे हाे । नेपाल प्रहरीतर्फ एकजना घाइते भएको र प्रहरीले घटना स्थलबाट लागूऔषधसहित नक्कली नोट बनाउने मेसिनसमेत बरामद गरेको छ ।

Logo