निगुरो टिप्न जाँदा बाघले एक महिलाको ज्यान लियो

निगुरो टिप्न जाँदा बाघले एक महिलाको ज्यान लियो


बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा निगुरो टिप्न गएकी एक महिलाको बाघ आक्रमणमा परी ज्यान गएको छ । निकुञ्जको बघौरा क्षेत्रमा पुगेकी ठाकुरबाबा नगरपालिका–७ मोहनपुरकी ६२ वर्षीया डल्ली रावतलाई बाघले आक्रमण गरेकाे हाे । 

निकुञ्जभित्र समूहमा साग टिप्न गएकामध्ये एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको राष्ट्रिय निकुञ्जले पुष्टि गरेकाे छ । एक जनालाई बाघले आक्रमण गरेपछि भागेका अन्य ३ जना महिलाले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालाई खबर खबर गरेका थिए । नेपाली सेनाकाे टोली उद्धारमा पुग्दा महिलाकाे शव भेटिएकाे  राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए । 

Logo