बेपत्ता दम्पतीको खोजीकाे टोली सिआइबी टोली परिचालन

बेपत्ता दम्पतीको खोजीकाे टोली सिआइबी टोली परिचालन


महोत्तरी–महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली खटिएको छ। 

गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थालेको हो। झा दम्पती सुतेको खाटसहितै हराएका छन्।  

यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता दम्पतीको खोजी गरिरहेको बताए थियो। लामो समयसम्म पत्ता लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सिआइबी टोली खटाएको हो। 

बेपत्ता दम्पतीको खोजीमा टोली परिचालन गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख सहकुल थापाले बताए। 

ब्यूरोका प्रहरी निरीक्षकको कमाण्डको टोली बुधबार नै महोत्तरी पुगेर काम थालेको थापाको भनाइ छ । झा दम्पती राति ओछ्यानबाटै बेपत्ता भएको घटनालाई आपराधिक समूहले अपहरण गरेको अड्कल गरिँदै छ।

लामो समयसम्म बेपत्ता वृद्ध दम्पतीको अवस्था पत्ता लाग्न नसकेपछि  सिआइबी टोली खटाइनुपर्ने माग बढेको थियो। 

यसअघि बेपत्ता झा दम्पतीको खोजीमा प्रहरीले ५० भन्दा बढीलाई जिल्ला प्रहरी कार्यालय पुर्याएर केरकार गर्दा पनि घटनाबारे खास तथ्य फेला नपरेपछि पिपरा गाउँपालिका क्षेत्रमा त्रास फैलिएको छ। 

Logo