काठमाडौंको आकाशमा खतरनाक तुवाँलो, सर्तक रहन मौसमविद्हरुको आग्रह

काठमाडौंको आकाशमा खतरनाक तुवाँलो, सर्तक रहन मौसमविद्हरुको आग्रह


अहिले काठमाडौं उपत्यकामा तुवाँलोले ढाकेको छ । दिउँसो अकस्मात देखिएको तुवाँलोले गर्दा सर्वसाधारणहरु आँखा पोल्ने, चिलाउने समस्याले पीडित भएका छन् । 

मौसमविद्हरुले मौसममा आएको परिवर्तनका कारण थप स्वास्थ्य समस्या आउन सक्ने भन्दै सर्वसाधारणलाई सर्तक रहन आग्रह गरेका छन् । उनीहरुका अनुसार पश्चिमी वायुको प्रभावले तुवाँलो लागेको हो । यस्तो समस्या केही दिन अझै रहन सक्ने बताइएको छ ।

पानी पर्नका लागि न्युनचाप भएको हावाले बादल लिएर आउनु पर्थ्यो । तर त्यसको सट्टा वायुले धुलो र धुवाँ लिएर आएको जल तथा मौसम विज्ञ ङमिन्द्र दाहालले केन्द्रविन्दुलाई बताए। उनले भने, ‘३/४ महिनादेखि सुख्खा खडेरी रहेको र पश्चिमी वायुले पानी पार्नु पर्नेमा घातक प्रदुर्षण काठमाडौंमा ल्याएको छ।’ 

अहिले अत्तरियादेखिको हावा काठमाडौं आइपुगेको र भारतको उत्तदरप्रदेश, विहार हरियाणासम्म वायुमण्डल धुलोले ढाकेको छ।

यसैबीच मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ। विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार दिउँसो २ बजेर १० मिनेटदेखि विमानस्थल अवरुद्ध भएको हो।

यतिबेला आन्तरिक र बाह्य दुवै तर्फका उडान र अवतरण रोकिएका छन् । अवरुद्ध हवाई सेवा कतिबेला सुचारु हुने भन्ने निश्चित भएको छैन । मौसममा सुधार आउने बित्तिकै सुचारु हुने पनि विमानस्थलले जनाएको छ । 

काठमाडौं उपत्यकामा अकस्मात देखिएको तुवाँलो र तराईका जंगलहरुमा भइरहेको आगलागीका कारण आकाश धमिलो भएकोले हवाई उडान प्रभावित भएको हो। 

Logo