यी हुन् आजदेखि मेलम्चीको पानी पिउन पाउने भाग्यमानी उपभोक्ता

यी हुन् आजदेखि मेलम्चीको पानी पिउन पाउने भाग्यमानी उपभोक्ता


आजदेखि काठमाडौं उपत्यकाको घरघरमा मेलम्चीको खानेपानी वितरण हुने भएको छ । वर्षौको प्रतीक्षापछि मेलम्चीको पानी आजबाट काठमाडौं उपत्यका भित्रको घरघरका धारामा आउने भएको हो ।

मेलम्चीको अम्बा थानबाट आएको पानी सुन्दरीजलमा प्रशोधन भएर काठमाडौं उपत्यकाका घरघरमा जाने भएको छ । आज खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।

आयोजनाले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिए । यी हुन् आजदेखि मेलम्चीको पानी पिउन पाउने भाग्यमानी उपभोक्ता :

महांकालचौरबाट वितरण हुने क्षेत्रहरू : असन कमलाक्षी, नक्साल, त्रिपुरेश्वर, जय बागेश्वरी, देवकोटा सडक, बानेश्वर, रातेपूल, गौशाला, कालिमाटी डोल, पुरानो बानेश्वर, मिलन चोक, रातोपुल, हनुमान स्थान बबरमहल, कुरिया गाउँ आदि , केसर महल, इन बहाल, माली गाउँ, हाँडी गाउँ, विशाल नगर, चारखाल, डिल्ली बजार, बाग बजार, पुतलीसडक, माईतीघर, त्रिपुरेश्वर, चावहिल, सरस्वतीनगर, गणेशथान, कुटुबहाल, मित्रपार्क, चावहिल, क्षेत्रपाटी, डिल्लीबजार, घट्टेकुलो ।

मीनभवनबाट वितरण हुने क्षेत्रहरू : क्षितिजमार्ग, हनुमानमार्ग, बुद्धमार्ग, शंखमूल पश्चिम तर्फ विनायक नगरका क्षेत्रहरू । सुविधानगर, बासुकीनगर, श्रंखला गल्ली, डाँफेचरी मार्ग, आलोनगर, श्रीनगर, दोभान, सहयोगी नगर, पँधेरोमार्ग आदिका क्षेत्रहरू । शान्तिनगर गैरी गाउँका क्षेत्रहरू, मध्य वानेश्वर, मिलनचोक, संगमचोक र देउराली चोकका क्षेत्रहरू, शंखमूल रोड पूर्व, सुरुचि टोल, गणेशमार्ग, विज्ञान मार्ग, हनुमानमार्ग, क्षितिजमार्ग, सिडिओ टोलका क्षेत्रहरू, थापागाउँ वानेश्वर हाईटका क्षेत्रहरू, भावना मार्ग, शान्ति मार्ग, हेम्स अस्पतालका क्षेत्रहरू, कुरिया गाउँका क्षेत्रहरू, प्रयागमार्ग, नापी हाईट र श्रीनगर १ र २ तथा हनुमान स्थानका क्षेत्रहरू ।

आज खुमलटार, मीनभवन, महांकाल र अनामनगर वितरण केन्द्रबाट ४ करोड लिटर पानी वितरण गरिने र दुई दिनपछि सुन्दरीजल र बालाजु वितरण केन्द्रबाट पनि पानी वितरण गरिनेछ । सुन्दरीजल र बालाजुबाट पनि वितरण गर्न थालेपछि दिनको साढे ६ करोड लिटर पानी आपूर्ति हुनेछ । चैत २१ गते पानीपोखरी र बाँसबारीस्थित ट्यांकीबाट पनि पानी वितरण गरिने र त्यसदिन देखि दैनिक साढे आठ करोड लिटर पानी वितरण गर्ने योजना रहेको उप-आयोजनाले जनाएकाे छ ।  मेलम्चीको पानी गत फागुन २२ गते सुन्दरीजलमा झारिएको थियो ।

Logo