पेस्तोलसहित दुईजना पक्राउ

पेस्तोलसहित दुईजना पक्राउ


काठमाडौंको हाँडीगाउँबाट पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । शनिबार दिउँसो मेडइन युएसए लेखिएको एक थान नौ मिमी पेस्तोल‚ पाँचवटा गोली र म्याग्जिनसहित उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ शिखर अम्बोटे घर भई काठमाडौंको जडिबुटी बस्ने कोटे लामा र नवबुद्ध नगरपालिका-११ घर भई जडिबुटी बस्ने अनन्त तामाङ्गलाई प्रहरीले पक्राउ गरेकाे हाे । थप अनुसन्धानका लागि महानगरीय प्रहरी बिट मालिगाउँलाई जिम्मा लगाएको छ।

Logo