प्रधानमन्त्रीद्वारा मानन्धर र रावलको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा मानन्धर र रावलको निधनप्रति दुःख व्यक्त


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष विष्णुबहादुर मानन्धर र कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

आज छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै उनले दुवै जनाको निधनले  नेपालको कम्युनिष्ट आन्दोलनमा क्षति पुर्‍याएको तथा निष्ठावान्, सादगी र इमान्दार नेतालाई गुमाउन परेको बताए । मानन्धरको यही चैत १६ गते ९१ वर्षको उमेरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र रावलको ७७ वर्षको उमेरमा आज अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।

जहानियाँ राणा शासन विरुद्धको सङ्घर्षमा सक्रिय रहेका मानन्धरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पार्टीमा सङ्गठित रहेर पु¥याउनुभएको योगदानको प्रधानमन्त्री ओलीले स्मरण गरे, “विसं २०४६ को संयुक्त जनआन्दोलन सफल पार्न नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को अध्यक्षका रुपमा संयुक्त वाममोर्चा गठनमा उहाँले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ”, उनको शोक वक्तव्यमा भनिएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधनले एमालेले निष्ठावान्, सादगी र इमान्दार नेता र  कैलालीका जनताले विकासप्रेमी जनप्रतिनिधिलाई गुमाएका परेको बताए । शोक वक्तत्व जारी गर्दै उहाँले निधनप्रति दुःख व्यक्त गर्दै रावलको निधनले मर्माहत परिवार, आफन्तजन र कैलालीका पार्टी कार्यकर्ताप्रति गहिरो समवेदना  व्यक्त गरे, “एमाले नेता, सामाजिक परिवर्तनका अभियन्ता तथा लोकप्रिय जनप्रतिनिधिको रावलले पुर्‍याउनु भएको योगदान कैलालीका जनताको मानस्पटलमा स्मरणीय छ ।”

रावल २०४९ र २०५४ सालमा कैलालीको सुगरखाल गाविस अध्यक्ष र २०७४ सालमा मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०५६ सालको संसदीय निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट मालेका तर्फबाट उम्मेदवार बनेका थिए । 

Logo