समाज वाग्मती

नेपालमा आज २९८ जनामा कोरोना संक्रमण पुष्टि

15 Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ जना पुगेको छ। आज २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जस मध्ये काठमाडौंमा मात्र १६३ जना थपिएका छन् । 

देशभर सक्रिय संक्रमितको संख्या २ हजार २०१ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ५२९ पुगेको छ। 

आज २ जनाकाे मृत्यु भएकाे छ ।  हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ। नेपालमा हालसम्म २२ लाख ९८ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ। 

प्रकाशित: २५ चैत्र २०७७ १७:०३ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी