रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्नु : स्वास्थ्य मन्त्रालय

रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्नु : स्वास्थ्य मन्त्रालय


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

मन्त्रालयले स्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ। 

संक्रमणको अवस्था हेरेर ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सय भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको छ। 

यस्तै मन्त्रालयले शैक्षिक संस्थाहरूमा पनि संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। संक्रमण बढी जोखिम हुन सक्ने स्थानहरुमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

Logo