समाज वाग्मती

नेपालमा कोरोना संक्रमण बढ्दै, आज ३३२ जनामा संक्रमण पुष्टि

15 Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १०० जना पुगेको छ। आज ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४५४ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ। 

आज कसैको पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ। नेपालमा हालसम्म २३ लाख २ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको छ। 

प्रकाशित: २६ चैत्र २०७७ १६:५४ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी