न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ : सर्वोच्च

न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ : सर्वोच्च


सर्वोच्च अदालतले प्रस्तावित न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीश हुन भरपूर योग्यता पुग्ने ठहर गरेको छ ।

सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले सुवेदीको योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा बहस गर्दै सो ठहर गरेको हो ।

‘राजपत्रांकित प्रथम श्रेणी सहसचिवदेखि विशिष्ट श्रेणीको मुख्य रजिष्ट्रारसम्म र सोभन्दा माथिल्लो पद मुख्य न्यायाधीशको अनुभव अलग क्षेत्रको भएकाले अनुभवको अवधि जोड्न मिल्दैन भन्ने निवेदकको जिकिर संविधानसम्मत छैन,’ सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ ।

सुवेदीविरुद्ध रिट दायर गरेका सुरेन्द्र भण्डारीले पथम श्रेणी र सो भन्दा माथिल्लो पदमा १० वर्ष मात्र काम गरेकाले सर्वोच्चको न्यायाधीश हुन योग्यता नपुग्ने जिकिर गर्दै रिट दायर गरेका थिए । 

सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीभन्दा माथिल्लो श्रेणी नभनी सोभन्दा माथिल्लो पदमा रही १२ वर्ष काम गरेको भन्ने व्यवस्था रहेको फैसलामा उल्लेख छ । सुवेदीले प्रथम श्रेणीभन्दा माथिल्लो पदमा काम गरेको १३ वर्ष पुगेको छ,’ आदेशमा भनिएको छ । 

Skip This
Logo