हत्या अभियुक्त १८ वर्षपछि पक्राउ

हत्या अभियुक्त १८ वर्षपछि पक्राउ


बर्दियामा हत्या अभियुक्तलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेकाे छ ।  बढैयाताल गाउँपालिका–३ बस्ने जीतबहादुर गोदार क्षेत्रीलाई वन्चरोले प्रहार गरी मारेको मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई १८ वर्षपछि प्रहरीले पक्रेकाे हाे ।

जिल्ला अदालतको फैसलाले २० वर्ष कैद सजाय तोकिएका कृपाराम खटिकलाई प्रहरीले पक्राउ गरेको हो ।

मुद्दामा दोषी पाइएका अन्य ९ अभियुक्त भने जिल्ला कारागार बर्दियामा कैद सजाय बिताइरहेका छन् ।

Logo