काठमाडौंमा भयानक हुरीबतास

काठमाडौंमा भयानक हुरीबतास


काठमाडौं उपत्यकामा अहिले राति ९ बजेदेखि तीब्र हावाहुरी चलिरहेकाे छ । तर, हावाहुरीले पुर्याएको क्षति बारे कुनै जानकारी प्राप्त भएको छैन ।

एकाएक हावाहुरी चलेपछि जनजीवन प्रभावित हुनुका साथै विद्युतसमेत अवरुद्ध बन्यो भने हावाहुरी चल्ने क्रम अझै रोकिएको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशको दक्षिण पश्चिमबाट वर्षा गराउने बादल विकसित भएको र  उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा यसरी हावाहुरी चलेको हाे । 

केही समय हावाहुरी चल्ने सम्भावना रहेकाले सर्तकता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । वर्षा भएपछि हावाहुरी विस्तारै घट्दै जाने मौसमविद्हरुले बताएका छन् । हावाहुरीबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन।

 

Logo