नेपालमा आज १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

नेपालमा आज १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ जना पुगेको छ। आज १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जस मध्ये एन्टीजेन परीक्षणबाट ८१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २९० जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ। 

आज ८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ। नेपालमा हालसम्म २३ लाख ४५ हजार ५०१ जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo