अन्तर्राष्ट्रिय कल बाईपास गरेको अभियोगमा २ जना पक्राउ

अन्तर्राष्ट्रिय कल बाईपास गरेको अभियोगमा २ जना पक्राउ


अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाईपासमामा संलग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ बसण्डोलबाट २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत पंजाब जलान्धर सन्तोकपुरा-१ ठेगाना भएका ३१ वर्षीय राना शाह र रौतहट साविक रमौली बेरिया गाविस-६ ठेगाना भएका स्यामुल खान भन्ने ३३ वर्षीय मोसलिम मियाँ अन्सारी रहेका छन् ।

अनुमति नलिई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैह्र-कानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महारागंजबाट खटिएको प्रहरीले उनीहरुलाई चन्द्रागिरी नगरपालिका-२ बसण्डोलमा कोठा भाडामा लिई अवैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरूको कोठाबाट ६४ पोर्टको जीओआइपी गेटवए १ थान, १ थान ल्यापटप, सोको १ थान चार्जर, १ थान मोडियम, १ थान डेक्सटप स्विच, सोको १ थान एडप्टर, २ थान मोबाइल, १ थान पेन ड्राईभ, नेपाल टेलिकमको २ थान रिचार्ड कार्ड, मल्टी प्लग लगायतका विद्युतीय तारहरु, स्मार्ट टेलको २ थान सिमकार्ड होल्डर र स्मार्ट टेलको ९ थान रिचार्ड कार्ड प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

Logo