कोरोना संक्रमणबाट पत्रकार अधिकारीको निधन

कोरोना संक्रमणबाट पत्रकार अधिकारीको निधन


दाङको घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरसको संक्रमणबाट गएराति निधन भएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराइरहेका अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । काठमाडौंकाे करुणा अस्पतालमा उपचारका क्रममा गएराति उनको निधन भएको छ । 

यसअघि दाङकै एक स्वास्थ्यकर्मीको पनि संक्रमणका कारण सोमबार निधन भएको थियो । २० वर्षीय अनिसा ओलीको उपचारका लागि अस्पताल चहार्दा चहार्दै निधन भएको थियो ।

Logo