नेपालमा आज २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा आज २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना थपिएका छन्। काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा कोरोना पुष्टि भएको हो ।

आज देखिएका मध्ये पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो। 

आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ छ। २४ घण्टामा ८ हजार ८४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ। नेपालमा आज १० जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११२ पुगेको छ ।

Logo