१२ असोज २०७९ बुधबार
1
1
1
1

कोरोना संक्रमित पूर्वराजा शाह दम्पती नर्भिक अस्पताल भर्ना

1
1
1
1

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। 

छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए। उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन्। 

केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र पूर्वरानीमा कोरोना सङ्क्रमण देखिएको थियो। कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।रासस

प्रकाशित: ११ बैशाख २०७८ १५:२८ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी