कोरोना संक्रमितले गरे आत्महत्या

कोरोना संक्रमितले गरे आत्महत्या


बाँकेमा कोरोना संक्रमितले आत्महत्या गरेका छन्। कोहलपुर नगरपालिका-९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार मृतक खत्री वैशाख ३ गते कोरोना संक्रमित हुनपुगेका थिए । खत्रीको अवस्था सामान्य भएकाले उनी होम आइसोलेसनमा बसेका थिए।

कोरोना संक्रमित खत्रीले शनिबार राति पौने ७ बजे आइसोलेशन काेठामै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ । 

Logo