नारायणी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

नारायणी अस्पतालमा थप दुई संक्रमितको मृत्यु


वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनिया र उच्च ज्वरो रहेका पुरुषको पौने १ बजे र महिलाको सवा १२ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

उनले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको र १३ गते अस्पताल भर्ना भएकी महिलाको सोही एन्टिजेन परीक्षण गर्दा संक्रमित भएको पत्ता लागेको बताए ।

बितेको तीन दिनभित्र नारायणी तथा नारायणी बयोधा अस्पतालमा उपचारत ११ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

Skip This
Logo