भारतमा कोरोना संक्रमण र मृत्यु हालसम्मकै उच्च, एकैदिन ३ लाख ८६ हजार संक्रमित थपिए

भारतमा कोरोना संक्रमण र मृत्यु हालसम्मकै उच्च, एकैदिन ३ लाख ८६ हजार संक्रमित थपिए


भारतमा कोरोनाबाट एकैदिन ३ हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ।

यूके भेरियन्ट र भारतमै देखिएको नयाँ भेरियन्टसहित कोरोना महामारीको दोस्रो लहरको  चपेटामा रहेको भारतमा पछिल्लो २४ घण्टामै ३५ सयभन्दा धेरैको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यस्तै मन्त्रालयले जनाए अनुसार एकैदिन तीन लाख ८६ हजार आठ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको सङ्ख्या यो अहिलेसम्मकै धेरै संख्या हो। सङ्क्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भएको छ। 

भारतपछि ब्राजिलमा पनि महामारीको सङ्कट उत्कर्षमा पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४३ जनासहित ब्राजिलमा अहिलेसम्म चार लाख एक हजार एक सय ८६ जनाको ज्यान गएको छ। 

विश्वमा अहिलेसम्म १५ करोड १० लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ३१ लाख ७७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। १२ करोड ८४ लाखभन्दा धेरै निको भएका छन्।

Logo