1
1

0 Shares

ब्राउन सुगरसहित दुईजना पक्राउ

1
1
1

कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका–५ इमलियाका २१ वर्षीय गोपाल राना रहेका छन् ।

हमाललाई बेलडाँडी गाउँपालिका–३ सिमलडाँडी क्षेत्रबाट १० दशमलव ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । यसैगरी रानालाई से१प ५०१८ नंको मोटरसाइकलमा आउँदै गरेको बेला जाँच गर्दा तीन दशमलव ९० ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

रानालाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । ब्राउन सुगरसहित पक्राउ परेका हमालमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित: १९ बैशाख २०७८ १०:४३ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी