उपत्यकामा आज हालसम्मकै उच्च संक्रमित, एकै दिन ३ हजार ६६६ जना थपिए

उपत्यकामा आज हालसम्मकै उच्च संक्रमित, एकै दिन ३ हजार ६६६ जना थपिए


काठमाडौं उपत्यकामा आज हालसम्मकै उच्च संक्रमित भेटिएका छन् ।  तीन जिल्लामा ३ हजार ६६६ कोभिड संक्रमित थपिएका हुन्। 

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार काठमाडौंमा मात्र २ हजार ९२२ जना, भक्तपुरमा २२२ जना र ललितपुरमा ५२२ जना नयाँ संक्रमित थपिएका छन्। 

यस्तै नेपालमा आज ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ६० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो संख्या हाल सम्मकै उच्च हो । 

यससँगै संक्रमितको कूल संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ।

आज ३७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ। नेपालमा हालसम्म २५ लाख २१ हजार १६४ जनाको पीसीआर परीक्षण गरिएको छ। आज १७ हजार १७६ जनाको परीक्षण गरिएको छ।

Logo