राष्ट्रपतिद्वारा नवनियुक्त प्रदेश प्रमुखलाई शपथ

राष्ट्रपतिद्वारा नवनियुक्त प्रदेश प्रमुखलाई शपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई शपथ गराएकी छिन्।

गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले राष्ट्रपतिबाट शपथ लिएका राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले केन्द्रबिन्दुलाई बताए।

सरकारले आज गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको थियो। आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त प्रदेश प्रमुखलाई शपथ गराएकी हुन्।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला त्रिपाठीलाई सरकारले आज पदमुक्त गरेको थियो। उनीहरु दुवै जना माओवादी केन्द्रका प्रदेश प्रमुख रहेका थिए।

Logo