कर्णाली प्रदेशः संक्रमण घटाउन वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थप

कर्णाली प्रदेशः संक्रमण घटाउन वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थप


कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन  कार्यालय सुर्खेतले वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो।

कोरोना संक्रमण बढ्दै गएकाले  रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। 

Logo