कोरोना संक्रमणमा पोषणको महत्व कस्तो छ ? : पोषणविद् प्रा.डा.मनसा थापा

कोरोना संक्रमणमा पोषणको महत्व कस्तो छ ? : पोषणविद् प्रा.डा.मनसा थापा


हामी अहिले कोरोना संक्रमणको दोश्रो लहरसँग जुधिरहेका छौं। अहिलेको संक्रमणको दर पहिले भन्दा ६ गुणा बढी भएको विज्ञहरुले बताउँदै आएका छन्। कोरोना संक्रमणको कारण देशभरीका अस्पतालहरुमा विरामीको चाप बढीरहेको छ। 

अस्पतालमा स्थान अभावका कारण धेरै संक्रमित विरामी घरमा एकान्तवासमा छन्। घरमा भएका विरामीले स्वास्थ्य सर्तकताको साथै खानपान र व्यवहारमा पनि सचेतता अपनाउनु पर्ने पोषणविद्हरुले बताउँदै आएका छन्। हामीले वरिष्ठ पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठीसँग संक्रमित विरामीमा पोषणको व्यवस्थापन कसरी गर्ने? कस्ता खानेकुरालाई प्राथमिकतामा राख्ने भनेर सोधेका छौं।

वरिष्ठ पोषणविद् ठकुराठीले कोरोना संक्रमित भई घरमा एकान्तवासमा बसेकाहरुले प्रोटिन, भिटामिन सि र जिन्क पाईने खानेकुरामा जोड दिन आवश्यक रहेको बताइन् । अहिले बच्चाहरु, किशोर किशोरीहरु बढी संक्रमित देखिएको र यी उमेर समूहको खाना खाने व्यवहार र प्राथमिकता फरक हुँदा धेरै ध्यान दिन आवश्यक रहेको उनले बताइन्। 

यस्तै बढी उमेर समुहका संक्रमित विरामीको पनि खाना खाने व्यवहार र प्राथमिकता फरक हुँदा पोषणयुक्त खानाको छनौट, बनाउने तरिका र प्रयोग समेतमा ध्यान दिनुपर्ने वरिष्ठ पोषणविद् प्रा. डा. ठकुराठीले बताइन्। घरमा एकान्तवासमा बसेकाहरुले खानेकुराको पोषणमा ध्यान दिन सके, मिलाएर खान सके अहिले देखिएको कोरोना संक्रमणबाट छिटै निको हुने उनको भनाइ छ।

भिडियाे यहाँ छ ।

 

Logo