स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो चौबिसै घण्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो चौबिसै घण्टा सम्पर्क गर्न सकिने मोबाइल नम्बर


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ। 

मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा उल्लेखित टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो। 

ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ।

सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ। बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो। 

Logo