नेपालमा आज ९ हजार ७० जना संक्रमित थपिए, ५४ जनाको मृत्यु

नेपालमा आज ९ हजार ७० जना संक्रमित थपिए, ५४ जनाको मृत्यु


नेपालमा आज ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट १०० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो संख्या हाल सम्मकै उच्च संख्या हो।

सोमबार ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बुधबार ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ।

आज ५४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ।

हालसम्म २५ लाख ७८ हजार ४१८ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २१ हजार  १४२ रहेको छ ।

Logo