तत्काल ५० लाख कोभिसिल्ड खोप खरिद गर्न असम्भवः स्वास्थ्य मन्त्रालय (भिडियोसहित)

तत्काल ५० लाख कोभिसिल्ड खोप खरिद गर्न असम्भवः स्वास्थ्य मन्त्रालय (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

नेपालमा कोरोनाविरुद्धको खोपको आवश्यकता चुलिएका बेला स्वास्थ्य मन्त्रालयले तत्काल ५० लाख कोभिसिल्ड खोप खरिद गर्न सम्भव नभएको बताएको छ। तर, सम्झौता अनुसारका १० लाख डो खोप भने भारतको सेरम इन्सिटिच्युटले प्राथमिकताकाका साथ दिने उल्लेख गरेको मन्त्रालयले जनाएको छ। यता, औषधि व्यवस्था विभागले नेपालमा रसियन खोप ल्याउने बाटो खुला गरेको छ। कोभिडविरुद्धको रसियन खोप स्पुतनिक भी लाई आयातको अनुमति दिएसँगै बाटो खुला गरेको हो। विभागले लोमस फर्मालाई बढीमा १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने गरि खोप आयातमा अनुमति दिएको हो। 

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। यता, सोही जग्गा प्रकरणमा मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्ने वा नगर्ने विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिँदा मुद्दाको छिनाफानो पूर्ण इजालासले गर्ने भएको छ। 

नेपालमा शुक्रबारमात्रै ९ हजार एक सय बढीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसमध्ये १४ जना सांसद रहेका छन्। संसद सचिवालयमा संकलन गरिएको स्वाव परीक्षणका क्रममा १४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घन्टामा निको हुनेको संख्यमा पनि बढ्दै गएको छ। मन्त्रालयका अनुसार शुक्रबार मात्र २ हजार ९ सय बढी संक्रमित निको भएर घर फर्किएका छन्।

नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा सरकारको भूमिकाप्रति संका र आलोचना बढ्दै गएको छ। अस्पतालको अभावदेखि स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीकै अभाव भइरहेका बेला देशमा राजनीतिक उतारचढावले पनि सरकार आलोचनामा परेको छ। यसबीचमा ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरिरहेको सञ्चारमन्त्री गुरुङले बताएका छन्। सरकारले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारको सहजताका लागि स्वास्थ्य सेवा दिने गरि सेवा सञ्चालन गर्न लागिएको बताएका हुन्।

नेपालका कोरोना महामारीको संक्रमण फैलिएसँगै गत वर्ष सुरु भएको कोरोना बीमा कार्यक्रम हाल निश्क्रिय जस्तै छ। कोरोना बीमा अन्तर्गत एक वर्षमा पाँच अर्ब कोरोना बीमा भुक्तानी भएको बीमा समितिको दावी गरेको छ। जसले आमनागरिकको जीवन सुरक्षाको प्रत्याभुत गराएको थियो तर, हाल आएर सरकारले कोरोना बिरामीको उपचार निःशुल्क गरिरहेकाले कोरोना बीमाको आवश्यकता नभएकाले यो बन्द गरिएको बीमा समितिले जनाएको छ।

Logo