कैलालीको स्थिति भयावह, एकैदिन ९ जना संक्रमितको मृत्यु

कैलालीको स्थिति भयावह, एकैदिन ९ जना संक्रमितको मृत्यु


सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा कोरोना संक्रमणका कारण भयावह स्थिति पैदा भएको छ। पछिल्लो २४ घण्टामा कैलालीमा थप ९ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीय पुरुष, धनगढी–१२ की ५० वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका–६ का ६१ वर्षीय पुरुष, बर्दगोरियाकै वडा नम्बर २ का ५७ वर्षीय पुरुष र कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी शिवराज जोशीले बताए । 

Skip This
Logo