काठमाडौं उपत्यकामा आज ३ हजार ६०७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज ३ हजार ६०७ जनामा कोरोना संक्रमण


काठमाडौं उपत्यकामा आज ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

आज थपिएका मध्ये  काठमाडौं जिल्लाका २ हजार ७७५ छन्। यस्तै, ललितपुरमा ५०५ र भक्तपुर जिल्लामा ३२७ जना संक्रमित थपिएका छन् ।

यस्तै नेपालमा आज ९ हजार २७१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १६४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो हालसम्मकै उच्च संख्या हो ।

गत हप्ता शनिबार ८ हजार ४१८ जना थपिएका थिए । शुक्रबार ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सोमबार ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बुधबार ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै बिहीबार ९ हजार ७० जना संक्रमित थपिएका थिए ।

यससँगै संक्रमितको कूल संख्या ४ लाख ३ हजार ९४ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ।

आज १३९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ।

हालसम्म २६ लाख ५२ हजार १३० जनाको परीक्षण गरिएको छ । आजको परीक्षण १८ हजार ४११ रहेको छ।

Skip This
Logo