काठमाडौं उपत्यकामा आज ३ हजार २३२ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज ३ हजार २३२ जनामा संक्रमण पुष्टि


काठमाडौं उपत्यकामा आज ३ हजार २३२ जनामा संक्रमण देखिएको छ। आज काठमाडौंमा २ हजार ६ सय, ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ।

नेपालमा आज ८ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ४ लाख ८८ हजार ६४५ जना पुगेको छ। 

आज १९० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ।

आज २२ हजार ८७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा २८ लाख ५५ हजार ७९३ जनाको परीक्षण गरिएको छ।

Logo