लायन्स क्लब अफ काठमाडौंद्वारा १५ शय्याको कोभिड एचडियू वार्ड संचालनमा सहयोग

लायन्स क्लब अफ काठमाडौंद्वारा १५ शय्याको कोभिड एचडियू वार्ड संचालनमा सहयोग


पछिल्लो समय देशमा बढीरहेको कोरोना संक्रमणसँगै विभिन्न संघसंस्थाहरुले आआफ्नो पहलमा आइसोलेशन र अस्पताल निर्माणमा सक्रियता देखाइरहेका छन् । 

यसैक्रममा राजधानीको मित्रपार्कस्थित नेपाल भारत मैत्री अस्पतालमा लायन्स क्लब अफ काठमाडौं, समर्पणको सहयोगमा १५ शय्याको कोभिड एचिडयू वार्ड सञ्चालनमा आएको छ। बिहीबारदेखि सो वार्ड सञ्चालनमा आएको हो ।

दुई वटा हाईफ्लो मेसिन र ६ वटा बिआइएपी मेसिन कोभिड बिरामीहरूका लागि निःशुल्क रुपमा सेवा दिने उद्देश्यले अस्पताललाई प्रदान गरिएको लायन्स समर्पणका अध्यक्ष दीपक बन्सलले जानकारी दिएका छन्।

लायन्स क्लब अफ काठमाडौं, समर्पणले कोभिड–१९ विरुद्ध लड्न आवश्यकता अनुसार अझै थप उपकरणहरु एचडियू वार्डमा उपलब्ध गराउने जनाएको छ। संस्थाले यो सहयोगबाट कोभिड–१९ संक्रमित बिरामीहरुका लागि ठूलो राहत हुने विश्वास लिएको छ।

Logo