काठमाडौं उपत्यकामा आज २ हजार ३२४ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज २ हजार ३२४ कोरोना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज २ हजार ३२४ कोरोना संक्रमित थपिएका छन्। जस अनुसार काठमाडौंमा १ हजार ७९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जना संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ।

नेपालमा आज ६ हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ४९ हजार १११ जना पुगेको छ। 

आज ९६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।

आज २० हजार ११० जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३० लाख १७ हजार ३७७ जनाको परीक्षण गरिएको छ।

Logo