बाँकेमा थप चार संक्रमितकाे मृत्यु

बाँकेमा थप चार संक्रमितकाे मृत्यु


बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक बर्दिया, सल्यान, प्यूठान र दाङ जिल्लाका छन्।

बर्दिया ठाकुरबाबाका ६८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। सल्यान बागचौर नगरपालिका वडा नं. ३ का २७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। 

प्यूठान जिल्ला प्यूठान नगरपालिका वडा नं. ४ का ४७ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। 

दाङ लमही नगरपालिका वडा नं. ४ का ५८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ।

Logo