नेपालमा काेराेनाः आज ८ हजार ६६३ जना निको भए, १०१ को मृत्यु

नेपालमा काेराेनाः आज ८ हजार ६६३ जना निको भए, १०१ को मृत्यु


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ।

नेपालमा आज ६ हजार ६५३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २०२९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ८१ हजार ५६० जना पुगेको छ। 

आज १०१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ।

आज २० हजार ८१३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३१ लाख २१ हजार १२० जनाको परीक्षण गरिएको छ।

Logo