काठमाडौं उपत्यकामा आज १ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज १ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यकामा आज १ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा मात्रै ७३१ जना, ललितपुरमा २५४ र भक्तपुरमा १४६ संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ।

नेपालमा आज ३ हजार ४७९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४५५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ९८ हजार २१७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ८८ हजार ५७९ जना पुगेको छ। 

आज ९९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ।

आज १३ हजार ७३३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३१ लाख ४३ हजार ६२ जनाको परीक्षण गरिएको छ।

Logo